News
बिशालले लाइफटाइम अचिभमेन्ट अवार्ड पाउने

बिर्तामोड । झापा ११ एफसीका मिडफिल्डर विशाल राई ‘ए’ लाई झापा गोल्डकप आयोजक समितिले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ ।
बिर्तामोडमा आयोजना गरेको प्रिम्याच कन्फरेन्समा झापा गोल्डकप समितिका अध्यक्ष विनोद बस्नेतले उक्त घोषणा गरेका हुन् । उनले सरप्राइज म्यासेज भन्दै विशाल राईलाई सम्मान गर्न लागेको बताए ।
सम्मानित हुन लागेका झापा ११ का खेलाडी विशाल राईलाई यामाहा कम्पनीको एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । विशालले झापा ११ र सिक्किमबीचको खेलमा पनि स्थान बनाएका थिए ।
राईलाई भोलि झापा ११ र त्रिभुवन आर्मीबीच हुने पाँचौ संस्करणको फाइनल खेलमा भव्य समारोहका बीच सम्मान गरिने आयोजकले जनाएको छ ।
यसअघि आयोजकले झापा ११ का पूर्वकप्तान प्रवेश कटुवाल र मिडफिल्डर नगेन्द्रमणि लिम्बूलाई पनि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिसकेको छ ।
Post Comments