News फर्साटिकर क्वाटरफाइनलमा
सुरज राना मगर

सालझण्डी । फर्साटिकर युवा क्लब यहाँ जारी चौथो सैनामैना मेयर कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ फर्साटिकरले गौतम बुद्ध सामुदायिक विकास केन्द्रलाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो ।

सालझण्डी १० स्थित पानबारी खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा फर्साटिकरका लागि बिशाल लामाले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने पराजित गौतम बुद्धका सबी गुरुङ घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत्र १ गते मंगलबारको खेल सौभाग्य युवा क्लब र कपिलवस्तु ११ बीच हुने आयोजकले जनाएको छ । कन्दरा युवा क्लब, सालझण्डीको आयोजनामा जारी प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् ।

सैनामैना नगरपालिका तथा सैनामैना नगर खेलकुद समिति, रुपन्देहीको संरक्षकत्व रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख २५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल चैत्र १० गतेका दिन हुनेछ ।

Post Comments