
हेटौडा । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ ललितपुर र मकवानपुर जिल्ला फाइनलमा भिड्ने भएका छन् । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा धादिङलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै ललितपुरले फाइनलमा स्थान बनाएको हो ।
त्यसअघि निर्धारित समय दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि टाइब्रेकर मार्फत् नतिजा लिइएको हो । खेलमा ललितपुरका प्रज्वल शाहीले ५९ र विक्की महर्जनले ६५औं मिनेटमा गोल गरेका थिए भने धादिङका रवि भण्डारीले ७० र विपिन कंडेलले अतिरिक्त समय गोल गरेका थिए ।
त्यस्तै दोस्रो सेमिफाइनलमा दोलखाालाई ५–१ गोल अन्तरले हराउँदै मकवानपुरले ललितपुरसँगको उपाधि भिडन्त पक्का गरेको छ । मकवानपुरका लागि १४ र ५५ औं मिनेटमा समिराज थोकरले गोल गरेका थिए भने ललित चौलागाईले (३४), अमिर श्रेष्ठ (७९) र अनिष महर्जन (८८) ले गोल गरेका थिए ।
दोलखाका स्वयम् श्रेष्ठले ५२औं मिनेटमा एक गोल फर्र्का पनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलमा मकवानपुरका अमिर श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। फाइनल खेल ६ गते आइतबार हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा