News यहि चैत्र २० देखि युवा कप हुँदै
गोलनेपाल

काभ्रे । तिनपिप्ले युवा क्लब, पाँचखाल ६, काभ्रेको आयोजनामा युवा कप फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । पाँचखाल ६, काभ्रे स्थित बलराम स्मृति खेलमैदानमा यहि चैत्र २० गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।

आयोजकले प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क १० हजार तोकेको छ । साथै टिम दर्ता गर्ने अन्तिम मिति यहि चैत्र १५ गतेसम्म रहेको पनि आयोजकले जानकारी दियो ।

चैत्र ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments