News साईनो स्र्पोट्स फाइनलमा
गोलनेपाल

रानी । सडन डेथमा कठिन जित निकाल्दै साईनो स्पोर्टस क्लब, रानी बिराटनगर यहाँ जारी दोस्रो मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा साईनोले गोधुली क्लब, धरान, सुनसरीलाई ९–८ ले हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि बिराटनगर जुट मिल्सको मैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

रोमाञ्चक बनेको खेलको टाईब्रेकरबाट पनि नतिजा निस्किन नसकेपछि खेल सडन डेथतर्फ धकेलिएको थियो । जसमा साईनोले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा साईनोका गोलरक्षक एन्जल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनलाई मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले नगद ५ हजार र ट्रफीका साथ पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत चैत्र १६ गते बुधबारको दोस्रो सेमिफाइनल खेल गोलबजार प्रतिभा फुटबल क्लब, सिराहा र दमक फुटबल एकेडेमी, झापाबीच हुने आयोजकले जनाएको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्ट, रानी बिराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १८ गतेका दिन हुनेछ ।

Post Comments