News सहज जितका साथ सनराईज क्वाटरफाइनलमा
सुरज राना मगर

भैरहवा । सहज निकाल्दै सनराईज एफसी, नवलपरासी यहाँ जारी २८औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको कवाटरफाइनलमा प्रवेश गरेको छ ।

भैरहवा स्थित पक्लिहवा कृषि क्याम्पसमा सम्पन्न खेलमा सनराईजले क्षितिज एफसी, बुटवललाई ३–१ ले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो ।

सनराईजको जितमा चुडा चौधरी, महेश लामा र नविन महतोले गोल गरे । उता पराजित क्षितिज एफसीका लागि यमु रानाले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

खेलमा सनराईजका आकाश थापा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र १७ गतेको अन्तिम प्रिक्वाटरफाइनल खेल सियारी गाउँपालिका, सियारी र लुम्बिनी खुकुरी क्लब, बेलहियाबीच हुने आयोजकले जनाएको छ ।

सिद्धार्थनगर नगरपालिकाको मुख्य प्रायोजन तथा माछापुच्छ्रे एफसीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २५ गतेका दिन हुनेछ ।

Post Comments