News डढुवा, दुर्छा लमजुङमा पुरुष तथा महिला फुटबल प्रतियोगिता हुँदै
उमेश पुन

डढुवा दुर्छा । ‘राष्ट्र निर्माणमा युवाहरुको प्रतिवद्घता–लगनशील, सिर्जनशील सहभागिता’ भन्ने मुल नाराको साथ राष्ट्रव्यापी खुल्ला सेभेन ए साईड पुरुष तथा महिला फुटबल प्रतियोगिता यही चैत्र २२ देखी डढुवा, दुर्छा लमजुङमा हुने भएको छ ।

क्रियटिभ युथ क्लब, डढुवा दुर्छा लमजुङको आयोजनामा हुन लागेको एतिहासिक चैत्र दशै मेला–२०७८ को अवसरमा उक्त प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष चन्द्र प्रसाद गुरुडले बताए ।

क्रियटिभ युथ क्लबको आफ्नै खेल मैदानमा हुन गईरहेको प्रतियोगितामा पुरुषतर्फको विजेताले नगद रु १,५०,०००÷–साथमा ट्रफी, मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ भने द्घितीय हुने टोलीले रु ८०,०००÷– सहित ट्रफी, मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

त्यसैगरी महिलातर्फको प्रथम र द्घितीय हुने टिमले क्रमशः रु १५,०००÷– र १०,०००÷– साथमा ट्रफी, मेडल र प्रमाण प्रत्र प्राप्त गर्नेछन् । उक्त प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही रु ५,०००÷– र साथमा ट्रफी, मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो ।

‘खेलप्रति समर्पित सम्पूर्ण खेलाडीहरुको खेलकौशल, सीप र दक्षतामा अभिबृद्घि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको उत्पादन हुनुका साथै डढुवा दुर्छा गाउँलाई एक उत्कृष्ट ग्रामिण पर्यटकीय गन्तव्य स्थलको रुपमा स्थापित गराउने लक्ष्य रहेको’ क्लबका अध्यक्ष चन्द्र प्रसाद गुरुडले बताए ।

Post Comments