News सिद्धार्थ एफसी सेमिफाइनलमा
सुरज राना मगर

भैरहवा । सिद्धार्थ एफसी, चपरहट्टी यहाँ जारी २८औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा सम्पन्न दोस्रो क्वाटरफाइनलमा भैरव एफसी, नवलपरसीलाई सडन डेथमा ९–८ ले हराउँदै सिद्धार्थ सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ को रोमाञ्चक बराबरी खेलेका थिए । खेलमा सिद्धार्थका रमेश शाही म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत्र २० गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल युनाइटेड एफसी, देवीनगर र सनराईज एफसी, नवलपरासीबीच हुने आयोजकले जनाएको छ ।

माछापुच्छ्रे एफसी, भैरहवाको आयोजना तथा सिद्धार्थनगर नगरपालिका, भैरहवाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार पाउनेछ । फाइनल खेल यहि चैत्र २५ गतेका दिन हुनेछ ।

Post Comments