News मनाङ इटहरी गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

इटहरी । दावेदार मध्ये एक मनाङ मस्र्याङ्दी क्लब यहाँ जारी कन्ट्रोल १२औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इटहरी रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा मनाङले कञ्चनजंगा फुटबल क्लब, भारतलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलमा मनाङका लागि दुवै गोल आफिज ओलावालेले गरे । उनले खेलको १६ र ७८औं मिनटमा दुई गोल गर्दै मनाङको सेमिफाइनल यात्रा सुनिश्चित गरे । ओलावाले खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत्र २१ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल एभनिर एफसी, क्यामरुन र रोलिङ फुटबल क्लब, झापाबीच हुने आयोजकले जानकारी दियो ।

राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चेत्र २६ गतेका दिन हुनेछ ।

Post Comments