News प्रदेश १ मा एन्फाको जिम्मेवारी किशोर झापालीलाई
गोलनेपाल

धरान । अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राई (झापाली) प्रदेश १ फुटबल संघको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका छन् ।

पूर्वेली फुटबलमा सक्रिय भएर लागि परेका झापाली शुक्रबार भएको प्रदेश स्तरीय बैठकमा सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएका हुन् । कार्यक्रममा एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको पनि उपस्थिति रहेको थियो ।

स्मरण रहोस, एन्फाले सातै प्रदेशमा एन्फाको प्रदेश कमिटी गठन गर्दैछ । जसले प्रदेश लिग, टेक्निकल सेन्टर र सम्बन्धित प्रदेशहरुमा रहेका जिल्ला फुटबल संघको नेतृत्व गर्नेछ ।

Post Comments