News संगम, बगर भाइखलक, चितवन र सानो गौरचन सेमिफाईनलमा
उमेश पुन

पोखरा । युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशालामा सञ्चालित राष्ट्रिय नाईन ए साईड फुटबल प्रतियोगितामा आईतबार क्वाटर फाइनलका खेलहरू सम्पन्न भएका छन् ।

पहिलो क्वाटर फाईनल खेलमा पोखराको बगर भाइखलकले काठमाडौंको जोरपाटीलाई ४–२ गोल पराजित गर्यो । मनोज गुरुङले २ र ४७ औं मिनेटमा गोल गरे । गंगा तामाङले ४३ र दिपक पुनले बगर भाइखलकका लागि गोल गर्दै सहज जित दिलाए । सजिन लामाले ३९ र रन्जित लामाले ५१ औं मिनेटमा जोरपाटीको गोल गरेका थिए । खेलमा मनोज गुरुङ म्यान अफ द म्याच घोषित भए ।

चितवन भेट्रानले पोखराको संगम क्लब एलाई ३–०को नजिताले पराजित गरेको छ । विरेन्द्रबहादुर पाण्डेले खेलको १० औं मिनेटमा गोल गरे । सुरेन्द्र चौधरीले २० औं मिनेटमा दोब्बर बनाए । भरत गुरुङले खेलको ४० औं मिनेटमा गोल गर्दै फराकिलो अन्तरले पराजित गर्यो । खेलमा राजेन्द्रकुमार श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए ।

मनाङ मस्यार्ङ्दी क्लबलाई पन्छाउँदै पोखराको संगमी बीले सेमिफाईनल सुरक्षित गर्यो । खेलको ४४ औं मिनेटमा विजय गुरुङले गोल गर्दै मनाङलाई १–० गोलले पराजित गरेको थियो । उनी खेलमा प्लेयर अफ दि म्याच घोषित भए ।

अन्तिम खेलमा सानो गौचरनले काठमाडौंको फ्रिडम फाईटरलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ । निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

सेमिफाईनलमा पोखराको संगम बीले बगर भाइखलकसँग प्रतिस्पर्धा गर्ने छ भने चितवन भेट्रानले सानो गौरचनसँग खेल्ने प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले जानकारी दिए ।

Post Comments