News सुनसरी फुटबल संघमा राईको नेतृत्व
राजकुमार श्रेष्ठ

धरान । सुनसरी जिल्ला फुटबल सङ्घको अध्यक्षमा नविन राई चयन भएका छन् । अखिल नेपाल फुटबल सङ्घका केन्द्रिय सदस्य दिपक राईको उपस्थितीमा धरानको एन्फा एकेडेमीमा बिहीबार सम्पन्न नौँ साधारसभाले नविन राईको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

नविन राईलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो । नवगठित १९ जनाको कार्यसमितिमा उपाध्यक्षहरुमा दयानन्द रौनियार, मनोज थापा र भेषराज कार्की चयन भएका छन् । यस्तै महासचिवमा कोबिद जंङ कार्की, सचिव प्रताप तामाङ र कोषाध्यक्षमा सतिस के.सी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा बाबुराम प्रसाद बजगाई, देवचरण बहरदर, पशुपति कुमार सरदार, केशव कुमार कार्की, खेमराज कोइराला, घनश्याम बुढाथोकी, धन बहादुर राई, हिमाल थापा मगर, देबिन्द्र बास्तोला, अकलेश कुमार राई, गोपाल कार्कि र महिला सदस्यमा शारदा लिम्बु सर्वसम्मत चयन भएका हुन।

१७ वटा क्लवका ३४ प्रतिनिधीको सहभागिता भएको अधिवेशनले ४ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुनेको हो । कार्यक्रममा बोल्दै अखिल नेपाल फुटवल सङ्घका केन्द्रिय सदस्य राईले सुनसरी जिल्ला फुटबल सङ्घ सक्रिय रहेकाले केन्द्रमा समेत प्रतिनिधित्वका लागि दाबी गर्न सक्ने बताए ।

Post Comments