News पाँचौं माडी कप यु–१५ फुटबल प्रतियोगिता जेठमा
गोलनेपाल

चितवन । विद्यालयस्तर मै राम्रा खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ चितवनमा पाँचौं माडी कप अन्तर विद्यालय यु–१५ फुटबल प्रतियोगिता हुने भएको छ ।

बसन्तपुर बजार स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिता जेठ ५ देखि १५ गतेसम्म चल्ने आयोजकले जनाएको छ । गोल्डेन इमिनेन्टको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ ।

चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोग तथा बसन्तपुर युनाइटेड क्लबको व्यवस्थापनमा हुन गईरहेको प्रतियोगितामा अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक विद्यालयहरुलाई टिम दर्ता निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

Post Comments