News अभिषेक चर्चलाई दोस्रो भरतपुर १८ गोल्डकपको उपाधि
गोलनेपाल

भरतपुर । दोस्रो भरतपुर १८ गोल्डकप फुटबलको उपाधि अभिषेक चर्च रजहरले जितेको छ । आज सम्पन्न उपाधि भिडन्तमा साबिक उपविजेता अठ्ठाईस बिघा युवा क्लबलाई हराउँदै अभिषेक चर्च च्याम्पियन बनेको हो ।

भरतपुर १८ वडा कार्यालय मैदानमा भएको फाइनल खेलमा अभिषेक चर्च १-० ले विजयी भयो । अभिषेक चर्चलाई च्याम्पियन बनाउन सुजन गुरुङले एक मात्र गोल गरे । सुजन नै प्लेयर अफ दि म्याच बने ।

उपाधि विजेता अभिषेक चर्चले ट्रफीसहित ४ लाख ४४ हजार ४४४ रूपैयाँ प्राप्त गरेको छ। उपविजेता अठ्ठाईस बिघाले २ लाख २२ हजार २२२ रुपैयाँमा चित्त बुझाएको छ । अठ्ठाईस बिघा गत संस्करणमा पनि फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

 अभिषेक चर्चका सन्तोष महत प्रतियोगिताको उत्कृष्ट गोलकिपर बने । समान २-२ गोल गरेका अभिषेक चर्चकै सुजित बुढाथोकी र अठ्ठाईस बिघाका सबि गुरुङ संयुक्त रुपमा सर्वाधिक गोलकर्ता तथा अठ्ठाईस बिघाका अनिस तामाङ उत्कृष्ट डिफेन्डर बने । उनीहरूले जनही १०-१० हजार रुपैयाँ प्राप्त गरे ।

अभिषेक चर्चका रोशन पहारी प्लेयर अफ दि टुर्नामेन्ट बने । उनले २० हजार रुपैयाँ प्राप्त गरे । मिलन युवा क्लब र भरतपुर १८ खेलकुद बिकास समन्वय समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा ८ टोली सहभागी थिए ।

Post Comments