News जोशीपुरमा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने
गोलनेपाल

जोशीपुर । कैलालीको जोशीपुर–३ लक्कडमा आउँदो जेठ २ गतेदेखि नवौं जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । श्री कोपिला युवा क्लब, जोशीपुर–३ लक्कड, कैलालीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको टिम दर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ ।

टिम दर्ताका लागि इच्छुक क्लबहरुले ९९९ रुपैयाँ बुझाउनु पर्नेछ । साथै टिम दर्ता गर्ने अन्तिम मिति जेठ १ गतेसम्म तोकिएको छ । लक्कड बजार स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

 

Post Comments