News
जोशीपुरमा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने
जोशीपुर । कैलालीको जोशीपुर–३ लक्कडमा आउँदो जेठ २ गतेदेखि नवौं जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । श्री कोपिला युवा क्लब, जोशीपुर–३ लक्कड, कैलालीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको टिम दर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ ।
टिम दर्ताका लागि इच्छुक क्लबहरुले ९९९ रुपैयाँ बुझाउनु पर्नेछ । साथै टिम दर्ता गर्ने अन्तिम मिति जेठ १ गतेसम्म तोकिएको छ । लक्कड बजार स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने