News अफ्रिकी टोलीसँग फेरि रोकियो नेपाल
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप छनौट खेल्न बन्द प्रशिक्षणमा रहेको नेपाली फुटबल टोलीले एभनिर एफसी, क्यामरुनसँग दोस्रो बराबरी खेलेको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको खेलमा नेपालले क्यामरुनी टोलीसँग गोलरहित बराबरी खेलेको हो । स्मरण, नेपालले केही साता अघि मात्र एनभिरसँग पहिलो मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । जुन खेल पनि गोलरहित बराबरीमा टुंगिएको थियो ।

केही सिनियर खेलाडीहरुले व्यवस्थापन र प्रशिक्षकसँगको विवादका कारण बन्द प्रशिक्षण छाडेपछि अहिले राष्ट्रिय टोलीमा अधिकांश युवा खेलाडी छन् ।

नेपालले थप अभ्यास र प्रशिक्षणका लागि कतारको भ्रमण गर्नेछ । कतारमा नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम पनि छ ।

आगामी जुन महिनामा हुन गईरहेको एएफसी एसियन कप छनौटतर्फ नेपाल समूह ए मा परेको छ । जहाँ नेपालले आयोजक कुवेतसँगै जोर्डन र इण्डोनेसियाको सामना गर्ने तय भईसकेको छ ।

 

Post Comments