News एएफसी कपका लागि भारत पुग्यो किरनको टोली माजिया
गोलनेपाल

काठमाडौं । एसियाल क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता खेल्न किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशन एफसी भारत आइपुगेको छ ।

माल्दिभ्सको लिग च्याम्पियन समेत रहेको माजियाले शुक्रबार बिहान आफ्नो सामाजिक सञ्जालमार्फत एएफसी कपका लागि भारततर्फ प्रस्थान गर्न लागेको जानकारी उपलब्ध गराएको थियो । केही घण्टा लगतै किरनले आफ्नो सामाजिक सञ्जालमार्फत भारत आइपुगेको कुरा स्टाटसमा लेखेका थिए ।

एएफसी कपतर्फ समूह डी मा परेको माजियाले दुई भारतीय क्लब एटिके मोहन बगान र गोकुलम केरलासँगै बंगलादेशी च्याम्पियन बसुन्धरा किंग्ससँग प्रतिस्पर्धा गर्नेछ ।

माजियाले आफ्नो पहिलो खेल १८ मईका दिन बसुन्धरा किंग्ससँग खेल्नेछ भने २१ मईका दिन गोकुलम केरलासँग भिड्नेछ । समूह चरणको अन्तिम खेलमा २४ मईका दिन मोहन बगानको सामना गर्नेछ । सबै खेलहरु कोलकाता स्थित साल्ट लेक स्टेडियममा हुनेछ ।

 

 

Post Comments