काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले आगामी वर्ष हुने भनिएको प्रतिष्ठित एएफसी एसियन कपको अठारौं संस्करण चीनमा नहुने निश्चित भएको छ । चीन फुटबल एसोसिएशनले वर्तमान अवस्थामा आफूहरुले एसियन कप आयोजना गर्न असमर्थ हुने एएफसीलाई जानकारी गराएको छ ।
स्मरण रहोस, सन् २०१९ मा पेरिसमा बसेको एएफसीको विशेष साधारण सभाले आगामी वर्ष हुने एसियन कपको आयोजना अधिकार चीनलाई दिएको थियो । यद्यपि चीनमा कोभिड–१९ महामारी संक्रमणको सन्त्रास अझै पनि कायम रहेकोले प्रतिकुल अवस्थाका कारण प्रतियोगिता आयोजना गर्न चीन पछि हटेको हो ।
एसियन कप आगामी वर्षको जुन १६ देखि जुलाई १६ तारीखसम्म आयोजना हुने तय भईसकेको थियो । चीनको यो निर्णयसँगै अब एएफसीले एसियन कप आयोजनाका लागि नयाँ आयोजक राष्ट्रको टुंगो छिटै लगाउने जानकारी समेत दिएको छ । स्मरणीय छ, एसियन कपका लागि चीनले प्रतियोगिताको आधिकारिक लोगो समेत सार्वजनिक गरिसकेको थियो ।
प्रतियोगितामा छनौट प्रतियोगिता पार गरेर आएका एसियाका कुल २४ राष्ट्रहरुले सहभागिता जनाउने छन् । छनौट प्रतियोगिता आगामी महिनादेखि शुरु हुँदैछ । छनौट प्रतियोगिताको समूह ए मा परेको नेपालले आयोजक कुवेत, जोर्डन र इण्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट