News
चौथो मैत्रीपूर्ण खेलमा नेपाल पराजित
काठमाडौं । एएफसी एसियन कप छनौटका लागि बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेको राष्ट्रिय फुटबल टोलीले क्यामरुनी टोली एभनिर एफसी विरुद्धको चौथो खेलमा हार बेहोरेको छ ।
आइतबार दशरथ रंशालामा सम्पन्न खेलमा नेपालले १–२ को हार बेहोरेको हो । नेपालका लागि एक मात्र गोल मनिष डाँगीले गरेका थिए । यद्यपि टोलीको साँघुरो हारलाई भने जोगाउन सकेनन् ।
स्मरणीय छ, नेपालले एभनिरसँग यसअघि तीन मैत्रीपूर्ण म्याच पनि खेलेको थियो । जसमा शुरुवाती दुई खेल गोलरहित बराबरीमा सकिएको थियो भने तेस्रो मैत्रीपूर्ण म्याचमा नेपालले ४–१ को जित निकालेको थियो ।
एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आगामी जुन ८ तारीखका दिन जोर्डनसँग खेल्दै छनौट प्रतियोगिताको शूरुवात गर्नेछ । त्यस्तै ११ जुनका दिन आयोजक कुवेतसँग खेल्नेछ भने १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न