News चौथो मैत्रीपूर्ण खेलमा नेपाल पराजित
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप छनौटका लागि बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेको राष्ट्रिय फुटबल टोलीले क्यामरुनी टोली एभनिर एफसी विरुद्धको चौथो खेलमा हार बेहोरेको छ ।

आइतबार दशरथ रंशालामा सम्पन्न खेलमा नेपालले १–२ को हार बेहोरेको हो । नेपालका लागि एक मात्र गोल मनिष डाँगीले गरेका थिए । यद्यपि टोलीको साँघुरो हारलाई भने जोगाउन सकेनन् ।

स्मरणीय छ, नेपालले एभनिरसँग यसअघि तीन मैत्रीपूर्ण म्याच पनि खेलेको थियो । जसमा शुरुवाती दुई खेल गोलरहित बराबरीमा सकिएको थियो भने तेस्रो मैत्रीपूर्ण म्याचमा नेपालले ४–१ को जित निकालेको थियो ।

एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आगामी जुन ८ तारीखका दिन जोर्डनसँग खेल्दै छनौट प्रतियोगिताको शूरुवात गर्नेछ । त्यस्तै ११ जुनका दिन आयोजक कुवेतसँग खेल्नेछ भने १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।

Post Comments