News एन्फा अध्यक्षमा नेम्वाङको उम्मेदवारी
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले एन्फाको आगामी निर्वाचनमा अध्यक्ष पदमा उठ्ने घोषणा गरेका छन् ।

नेम्वाङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि आउँदो असार ६ गते हुने एन्फाको साधारणसभा र निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

ललितपुरमा आयोजित एक कार्यक्रमका बीच नेम्वाङ कै प्यानलबाट विर बहादुर खड्काले उपाध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् । खड्का अहिले पनि एन्फाको उपाध्यक्ष पदमै छन् ।

नेपाली फुटबलमा भएको अनियमितता, भ्रष्टाचार रोक्न तथा नेपाली फुटबलमा हुन सक्ने सम्भावित दुर्घट्नालाई रोकेर सबैलाई मिलाई फुटबल विकासमा लागि पर्न आफूले अध्यक्ष पदका लागि उम्मेदवारी दिएको नेम्वाङले बताए । सो कार्यक्रममा उपस्थित एन्फा कार्यसमिति सदस्य किरन राईले पनि नेम्वाङलाई नै समर्थन गर्ने बताए ।

यसअघि नेपाली फुटबलको शुद्धिकरण गर्ने भन्दै वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पासँगै टिम बनाएर अघि बढेका नेम्वाङ पछिल्लो समय वर्तमान नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट थिए । नेम्वाङ कै समर्थनमा पूर्वका जिल्ला फुटबल संघहरुले सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेका छन् ।

 

Post Comments