News रोहितले अर्को इण्डोनेसियन क्लबबाट खेल्ने तय
गोलनेपाल

काठमाडौं । शनिबार मात्र आफ्नो पूर्व क्लब पर्सिजा जकार्ताबाट अलग भएका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दले अर्को इण्डोनेसियन क्लबबाट खेल्ने पक्का भएको छ ।

३० वर्षिय रोहितलाई इण्डोनेसियन सुपर लिग मै रहेको पर्सिक केडिरी एफसीले अनुवन्ध गरेको हो । क्लबले आइतबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत रोहितलाई अनुवन्ध गरेको कुरा घोषणा गरेको छ ।

क्लबले रोहितलाई एसियन कोटामा अनुवन्ध गरेको हो । पाँच सिजन जकार्तामा बिताएका रोहितले त्यहाँ सन् २०१८ मा लिग उपाधिसँगै लिग कै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पुरस्कार पनि जितेका थिए ।

इण्डोनेसियामा हालै सम्पन्न सुपर लिगमा पर्सिक लिगतालिकाको ११औं स्थानमा रहेर सिजनको समापन गरेको थियो । त्यस्तै जकार्ता भने आठौं स्थानमा रहेको थियो । लिग च्याम्पियन भने बाली युनाइटेड बनेको थियो ।

Post Comments