
काठमाडौं । ग्रिष्मा मल्टिपर्पोज कोअपरेटिभ लिमिटेडले यहाँ सम्पन्न दोश्रो एनआरएस कर्पोरेट फुटसल उपाधी हात पार्न सफल भएको छ ।
एनआरएस स्पोर्टस् फाउण्डेसनको आयोजनामा भएको प्रतियोगिताको बिजयी टिमले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
लमटङ्गिनस्थित ढुकु फुटसलमा भएको प्रतियोतिाको फाइनलमा ग्रिष्माले ज्याकीप्वाईन्ट हेल्थ प्रा.लि.लाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । उपबिजेता ज्याकीप्वाईन्टले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यस अघि ग्रिष्माले फाइनल प्रवेश गर्ने क्रममा खेलकुद पत्रकारहरुको संगठन नेपाल खेलकुद पत्रकार मञ्चलाई पराजित गरेको थियो ।
बिजयी तथा उपबिजयी टीमलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको उद्घाटन प्रतिनिधी सभाका साँसद् एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा गोलकिपर बिजयी टीमका संजोग श्रेष्ठ र संयोग बास्कोटा घोषित भए । यस्तै उत्कृष्ट टीम (फेयर प्ले) कुमारी टिम घोषित भयो । उत्कृष्टले समान ५ हजार प्राप्त गरे । प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो ।