News फराकिलो जितका साथ एपिएफ स्कुल सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । फराकिलो जित हात पार्दै एपिएफ स्कुल, काठमाडौं यहाँ जारी पाँचौ माडी कप अन्तरविद्यालय यु–१५ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बसन्तपुर बजार स्थित स्थानीय खेलमैदानमा बिहीबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा एपिएफ स्कुलले दिव्य कालिका इ.बो.स्कुललाई ६–१ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा एपिएफका लागि दुई गोल गरेका तेन्जिङ शेर्पा म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत जेठ १३ गते बिहीबारको पहिलो सेमिफाइनल खेल दिवाकर स्मृति मावि, माडी र नेपाल राष्ट्रिय मावि, बिरगंज बीच हुनेछ भने बिहीबार नै हुने दोस्रो सेमिफाइनल खेलमा नेपाल एपिएफ स्कुल, काठमाडौं र वाल्मिकी शिक्षा सदन, भरतपुर भिड्ने आयोजकले जनाएको छ ।

बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगिताको फाइनल खेल जेठ १५ गतेका दिन हुनेछ ।

Post Comments