News
हारबाट जोगियो नेपाल
काठमाडौं । एएफसी एसियन कप छनौटको तयारीका लागि कतार पुगेको नेपाली पुरुष फुटबल टोलीले शनिबार पहिलो मैत्रीपूर्ण खेलमा हारबाट जोगिएको छ ।
दोहा स्थित ग्राण्ड हमाद स्टेडियममा भएको खेलमा टिमोर लेस्टेको यु–२३ टोली विरुद्ध नेपालले २–२ गोलको बराबरी खेलेको हो । पहिलो हाफ मै दुई गोल खाएको नेपालले दोस्रो हाफमा दुई बराबरी गोल फर्काएको थियो ।
नेपालले आगामी खेल आउँदो शुक्रबार ओमानसँग दोहा मै रहेको सुहिम बिन हमाद स्टेडियममा खेल्ने कार्यक्रम छ । यद्यपि ओमान विरुद्ध खेल्नु अघि नेपालले श्रीलंकासँग अनाधिकारिक म्याच खेल्ने सम्भावना पनि छ । त्यसबारे एन्फाले पुष्टी गर्न भने बाँकी छ ।
कतारको बसाईपछि नेपाली टोली उतैबाट कुवेत जाने कार्यक्रम छ । एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले जुन ८ मा जोर्डन, ११ मा आयोजक कुवेत र १४ मा इण्डोनेसियासँग खेल्नेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै