News प्रदेश १ र बाग्मतीलाई फुटसल उपाधि
गोलनेपाल

काठमाडौं । प्रदेश १ र बाग्मती प्रदेशले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । प्रदेश १ पुरुष तथा बाग्मती महिलामा च्याम्पियन बने ।

राष्ट्रिय बहिरा खेलकुद कमिटी नेपालको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा प्रदेश १ ले बाग्मतीलाई २–१ गोलले पराजित गरे ।

हाँडीगाउँस्थित धन्यनतरीमा भएको महिलाको उपाधि भिडन्तमा बाग्मतीले प्रदेश १ लाई २–० गोलले हरायो । दुवै समूहका विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृतद्वय सारङगिन् निरौला र ओमनाथ न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Post Comments