News इटहरीमा प्रदेश जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

इटहरी । प्रायःजसो फुटबल गतिविधीमा व्यस्त रहने पूर्वको सुनसरीमा फेरि प्रदेश १ को जिल्लास्तरीय फुटबल प्रतियोगिता शुरु हुने तयारीमा छ । प्रदेश खेलकुद बोर्ड, प्रदेश नम्बर १, बिराटनगरको आयोजनामा यहि जेठ २६ गतेदेखि प्रदेश १ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको हो ।

इटहरी ९, सुनसरी स्थित इटहरी रंगशालामा हुने प्रतियोगिताको खेलतालिका पनि आयोजकले सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा राइजिङ स्टार स्र्पोटिङ क्लब, पाँचथर र फयुजन फुटबल क्लब, उदयपुर भिड्ने आयोजकले जानकारी दियो ।

इटहरी फुटबल क्लब, सुनसरीको संयोजनमा हुन गईरहेको प्रतियोगितामा प्रदेश १ का कुल ११ क्लबहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । त्यस्तै फाइनल खेल भने आउँदो असार १ गतेका दिन हुनेछ ।

 

Post Comments