News जोर्डनको सम्भावना बलियो
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ नेपाल कै समूह ए मा रहेको जोर्डनले एएफसी एसियन कपको फाइनल राउण्डमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।

शनिबार अबेर राती सम्पन्न समूह ए को दोस्रो खेलमा जोर्डनले इण्डोनेसियालाई १–० ले हरायो । जोर्डनका लागि ४८औं मिनटमा याजन अल नैमतले एक मात्र गोल िनिर्णायक गोल गरे ।

समूहमा अपराजित जोर्डन ६ अंकका साथ शिर्ष स्थानमा छ । पराजित भए पनि कुवेतलाई २–१ ले हराएको इण्डोनेसिया ३ अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै शनिबार नै भएको पहिलो खेलमा नेपाल विरुद्ध ४–१ को जित निकालेको आयोजक कुवेत तेस्रो स्थानमा रहँदा अंकविहीन नेपाल पुछारमा छ ।

समूह चरणको अन्तिम खेलमा मंगलबार जोर्डनले कुवेतको सामना गर्नेछ भने नेपालले इण्डोनेसियासँग खेल्नेछ । नेपाल बाहेक बाँकी तीनै टोलीको फाइनल राउण्डमा प्रवेश गर्ने सम्भावना कायम छ । यद्यपि त्यसमध्ये जोर्डनको सम्भावना बलियो रहेको छ । जोर्डनले कुवेत विरुद्ध बराबरी खेले पनि प्रर्याप्त हुनेछ ।

कुवेत र इण्डोनेसियालाई भने निश्चित जित हात पार्नुपर्नेछ । त्यति मात्र नभएर यी दुई टोलीले जित हात पारे पनि एक अर्काको नतिजामा पनि भर पर्नुपर्नेछ । उता नेपाल भने अन्तिम खेलमा प्रतिष्ठाका लागि खेल्नेछ । र सुखद समापन गर्ने योजनामा हुनेछ ।

Post Comments