News मोतीराम र धरान सेमिफाइनलमा
गोलनेपाल

इटहरी । मोतिराम स्र्पोटिङ क्लब, मोरङ र धरान फुटबल क्लब, सुनसरी यहाँ जारी प्रथम प्रदेश १ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

इटहरी रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा मोतिरामले फ्युजन फुटबल क्लब, उदयपुरलाई ४–० को अन्तरले हरायो । मोतिरामका लागि भुवन बस्नेतले दुई गोल गरे भने उमेश कार्की र कोमल खवासले एक–एक गोल गरे ।

खेलमा मोतिरामका अशोक खवास म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी भरत घिमिरेले नगद २१०० र मेडलका साथ पुरस्कृत गरेका थिए ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा धरानले खाँदबारी युथ क्लब, संखुवासभालाई टाईब्रेकरमा ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा धरानका हेमन्त थापा मगर म्यान अफ द म्याच घोषित भए । उनलाई खेलको प्रमुख अतिथी खगेन्द्र खड्काले नगद २१ सय र मेडलसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत जेठ २९ गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल देउराली एफसी, धनकुटा र रेडहर्ष एफसी, इलामबीच हुनेछ भने अन्तिम क्वाटरफाइनल खेल बाक्सिला फुटबल क्लब, खोटाङ र शनिश्चरे फुटबल क्लब, झापाबीच हुनेछ ।

प्रदेश १ खेलकुद बोर्डको आयोजना तथा इटहरी फुटबल क्लबको संयोजनमा भईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने असार १ गतेका दिन हुनेछ ।

Post Comments