
काठमाडौं । एसियन कप छनौटतर्फ मंगलबार फिफा वरियताको १५१औं स्थानमा रहेको यमनलाई १८६औं स्थानको मंगोलियाले २–० ले हरायो । १७१औं स्थानमा रहेको कम्बोडियाले १५०औं स्थानको अफगानिस्तानलाई २–२ को बराबरीमा रोक्यो ।
चर्चा किन पनि भन्दा मंगोलिया र कम्बोडिया फिफा वरियतामा नेपाल भन्दा तल छन् । अनि अर्को कुरा फुटबलमा हारको एउटा कारण सधै विपक्षीको शारीरिक पक्ष हुँदैन ।
कम्बोडिया र मंगोलियाका खेलाडीहरुको शारीरिक बनोट औषत नेपाली खेलाडीहरु कै सरह छ । ठिक विपरित यमन र अफगानिस्तानका खेलाडी भने शारीरिक रुपमा सग्ला छन् । तर फुटबलमा सधै शारीरिक बनोट बाधक बन्दैन ।
यो कुरालाई मंगोलिया र कम्बोडियाले प्रमाणित गरेर देखाइदिएका छन् । उनीहरुमा जित्छौं र जित्नुपर्छ भन्ने मानसिकता छ । फुटबलमा उनीहरु कसैको स्वार्थसँग सम्झौता गर्नुपर्छ भन्ने सोच्दैनन् ।
अनि हामी, कमजोर मानसिकता र थुप्रैका े स्वार्थ बाँझिएको फुटबल भिजन लिएर गुमनाम र गन्तव्यहिन गोरेटोतर्फ अग्रसर छौं । विलीन हुँदैछौं । इति ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय