News सन् २०२६ को फिफा विश्वकप १६ फरक स्थानहरुमा हुने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । यसै वर्ष एसियाली राष्ट्र कतारमा हुन गईरहेको फिफा विश्वकप शुरु अझै केही महिना बाँकी छ । कतार विश्वकपको समापन लगतै धेरै फुटबल प्रेमीहरुको उत्साह र चासो उत्तरी र मध्य अमेरिकातर्फ मोडिने छ ।

सोमबार मात्र रुसको राजधानी मस्कोमा सम्पन्न ६८औं फिफा कँग्रेसले सन् २०२६ मा हुने फिफा विश्वकपको आयोजना अधिकार उत्तरी र मध्य अमेरिकाका तीन राष्ट्रहरु अमेरिका, क्यानडा र मेक्सिकोलाई दिएको थियो ।

यी तीन राष्ट्रहरुले विश्व फुटबलको कुम्भमेला आयोजनाका लागि फिफा समक्ष बिड पेश गरेका थिए । त्यसबाहेक विश्वकप आयोजनाका लागि अफ्रिकी राष्ट्र मोरक्कोले पनि प्रस्ताव गरेको थियो ।

तर फिफा कँग्रेसमा आयोजना अधिकारका लागि अमेरिकी राष्ट्रहरुले कुल १३४ मत प्राप्त गरे भने मोरक्कोका े पक्षमा केवल ६५ मत मात्र खसेको थियो ।

तीन देशका १६ शहरहरुमा आयोजना हुने

सन् २०२६ मा हुने फिफा विश्वकपको २३औं संस्करण तीन देशका १६ फरक शहरहरुमा हुनेछन् । जसध्ये अमेरिकामा सर्वाधिक ११ शहरहरुले विश्वकपका विभिन्न खेलहरु आयोजना गर्नेछन् । त्यस्तै क्यानडाका २ तथा मेक्सिकोका ३ शहरहरुले पनि फिफा विश्वकपका केही महत्वपुर्ण खेलहरु आयोजना गर्नेछन् ।

Post Comments