News गोलको वर्षा गर्दै एभनिर फाइनलमा
गोलनेपाल

दुहबी । फराकिलो जित हात पार्दै एभनिर एफसी, क्यामरुन जारी आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा औराबनी युथ क्लब, सुनसरीलाई ६–० को फराकिलो अन्तरले हराउँदै एभनिर उपाधि नजिक पुगेको हो ।

भलुवा खेलमैदानमा सम्पन्न खेलमा एभनिरका लागि बिलेले खेलको ३५, ७५ र ८४औं मिनटमा तीन गोल गर्दै ह्याट्रिक पूरा गरे े। त्यस्तै सोंगले खेलको छैठौं र २६औं मिनटमा गरि दुई गोल गरेका थिए भने थप एक गोल टिम्बा टिम्बाले २३औं मिनटमा गरेका थिए ।

खेलमा एभनिरका ह्याट्रिककर्ता बिले म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका प्रमुख अतिथी भगवती चौधरीले नगद ५ हजारका साथ पुरस्कृत गरिन् ।

प्रतियोगिता अन्तरगत असार ४ गते शनिबारको दोस्रो सेमिफाइनल खेल पथरी स्र्पोटिङ क्लब, मोरङ र रारा फुटबल क्लब, धनकुटाबीच हुने आयोजकले जानकारी दियो ।

श्री गोल्डेन स्टार युथ क्लबको आयोजना तथा दुहबी नगरपालिका, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यहि असार ६ गतेका दिन हुनेछ ।

Post Comments