
पोखरा । झिनो अन्तरको जित निकाल्दै चर्च ब्वाईज युनाइटेड, काठमाडौं यहाँ जारी नेपाल आइसी छैठौं हेमजा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गौरीशंकर खेलमैदानमा आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा चर्च ब्वाईजले कालिका स्र्पोटस एकेडेमी, चितवनलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलको ५३औं मिनटमा आशिष चौधरीले गरेको एक मात्र गोल चर्च ब्वाईजलाई जित दिलाउन निर्णायक बन्यो ।
निर्णायक गोलकर्ता चौधरी खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत असार ६ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल खुमलटार युथ क्लब, काठमाडौं र बागमती युवा क्लब, सर्लाहीबीच हुने आयोजकले जनाएको छ ।
हेमजा युनाइटेड, पोखरा–२५, हेमजाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने असार ११ गतेका दिन हुनेछ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड