News बहराईनमा एक दिने फुटसल प्रतियोगिता हुने
गोलनेपाल

नेपाल आदिवासी जनजाति महासंघ, बहराईनको आयोजना र नेपाली क्लब, बहराईनको विशेष सहयोगमा यहि जुलाई १० (असार २६) का दिन एकदिने फुटसल प्रतियोगिता हुने भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा हाल बहराईनमा रहेका आप्रवासी नेपालीहरुबीच भाईचारा र आत्मियता कायम गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न गईरहेको आयोजक संस्थाले जनाएको छ ।

हमाद टाउन स्थित गोल्ड मास्टर स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित १ हजार अमेरिकी डलर हात पार्नेछ भने उपविजेताले ५ सय अमेरिकी डलर प्राप्त गर्ने जानकारी युवा तथा खेलकुद सयोजक स्रवण बम्जनले दिनुभयो।

प्रतियोगिताको लाईभ गोलनेपाल बाट हुनेछ।

 

Post Comments