नुवाकोट जिल्ला फुटबल संघ र नुवाकोट खेलकुद विकास समितिको आयोजनामा यहि जेठ १७ गतेदेखि नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा हुने प्रतियोगितामा उत्कृष्ट कुल १० टोलीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ए डिभिजन टोलीहरुको पनि सहभागिता रहनेछ ।

त्यस्तै प्रतियोगिता सु–सम्पन्न गर्न बिदुर नगरपालिकाले पनि दुई लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।