News फिफाको नयाँ विश्व वरियतामा दुई स्थान तल खस्कियो नेपाल
गोलनेपाल

विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल दुई स्थान तल झर्दै १६४ औं स्थानमा पुगेको छ । दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ । विश्व वरियताको ९७ औं स्थानमा रहेको भारत भने दक्षिण एसियातर्फ शिर्ष स्थानमा छ ।

त्यस्तै माल्दिभ्स १४८ औं वरियताका साथ दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ भने १८४ औं वरियताका साथ भूटान चौथो स्थानमा छ ।

त्यसैगरी १९७ औं वरियताका साथ बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने २०० र २०३ औं वरियताका साथ श्रीलंका र पाकिस्तान क्रमशः छैठौं र सातौं स्थानमा छन् ।

विश्व वरियतामा जर्मनीको शिर्षता

त्यस्तै युरोपियन पावर हाउस जर्मनी विश्व वरियताको शिर्ष स्थानमा छ । ब्राजील र बेल्जियम भने क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।

Post Comments