
काठमाडौं । डिफेन्डिङ च्याम्पियन समेत रहेको आयोजक भारतले साफ यु–२० च्याम्पियनसिपमा खराब शुरुवात गरेको छ । प्रतियोगिता अन्तरगत आफ्नो पहिलो खेलमा भारतले बुधबार बंगलादेशसँग १–२ को स्तब्धपुर्ण हार बेहोर्दै प्रतियोगितामा खराब शुरुवात गरेको हो ।
भुवनेश्वर स्थित कालिंगा स्टेडियममा सम्पन्न खेलमा बंगलादेशका लागि मोहम्मद नोवा नायक रहे । बंगलादेशको जितमा दुवै गोल नोवाको नाममा रह्यो । उनले २५औं मिनटमा बंगलादेशका लागि पहिलो गोल गरे । यद्यपि त्यसको दश मिनट लगतै हिमांशु जंग्राले भारतका लागि बराबरी गोल फर्काए ।
खेलमा बंगलादेशले पहिलो हाफ मै पेनाल्टीको अवसर पायो । जसलाई पहिलो हाफको अतिरिक्त समयमा नोवाले पेनाल्टीबाट गोल गर्दै पाहुना टोलीलाई २–१ को स्थितिमा ल्याए । जुन खेलको निर्णायक गोल र नतिजा बन्यो ।
आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको बंगलादेशले बुधबार भारतविरुद्धको जितसँगै आफ्नो फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।
FULL-TIME! Bangladesh take the win on the day, having scored twice in the first half.
— Indian Football Team (@IndianFootball) July 27, 2022
🇧🇩 2-1 🇮🇳
📺 https://t.co/vWsX8RRWmh#BANIND ⚔️ #SAFFU20 🏆 #BackTheBlue 💙 #IndianFootball ⚽ pic.twitter.com/5j9OkAL8hL