News
प्रथम राईजिङ स्टार फुटसल हुँदै

भूमही । राईजिङ स्टार एफसी, नवलपरासीको आयोजनामा यहि साउन १३ र १४ गतेका दिन सिक्स ए साईड खुला फुटसल प्रतियोगिता हुने भएको छ ।
भूमही फुटसल एरिनामा हुने दुई दिने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेकोे आयोजकले जानकारी दियो । साथै प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरिएको छ ।
इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क ३५ सय तोकिएको आयोजकले जनाएको छ । प्रतियोगितामा बढीमा १६ टोलीहरुको मात्र सहभागिता रहने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ हजार हात पार्नेछ भने उपविजेताले ११ हजार प्राप्त गर्नेछ । खेलतालिका यहि साउन १२ गते प्रकाशन गरिने पनि आयोजकले जनाएको छ ।
Post Comments