News प्रथम एमेच्योर फुटसल हुने
उमेश पुन

पोखरा । आगामी भाद्र दोस्रो सातादेखि यहाँ प्रथम एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ । प्रफिट्सको आयोजनामा  पोखरा–४ गणेशटोल स्थित स्पोर्टस क्यासल फुटसल एरिनामा हुने प्रतियोगिताको आवश्यक तयारी शुरु गरिसकेको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै इच्छुक टोलीहरुका लागिटिमदर्ता शुलक ४५ सय तोकिएको पनि आयोजकले जनाएको छ । भाद्र १७ र १८ गतेका दिन हुने दुई दिने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसहित अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

Post Comments