News प्रदेश १ का अन्तर्राष्ट्रिय खेलाडीहरुलाई निःशुल्क उपचार
गोलनेपाल

इटहरी । प्रदेश १ खेलकुद विकास बोर्डले नेपाल मै पहिलोपटक अन्तर्राष्ट्रिय खेलाडीहरुलाई निःशुल्क उपचार सुविधा उपलब्ध गराउने भएको छ । साथै खेलाडीहरुका परिवारलाई पनि ५० प्रतिशत सहुलियत छुटमा उपचार गराइने बोर्डले जानकारी दियो ।

सो अवसरमा खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक सुरेन्द्र तामाङलाई सहुलियत कार्ड हस्तान्तरण गरे । कार्ड हस्तान्तरण गर्दै बोर्डका सदस्य सचिव वाग्लेले प्रदेश १ का सबै पुराना तथा नयाँ खेलाडीहरुले सो सहुलियत स्वास्थ्य सुविधा पाउने बताए ।

खेलकुद विकास बोर्डका अनुसार खेलाडी तथा उनका परिवारका सदस्यहरुले बिराटनगरमा रहेको नोबेल अस्पताल तथा काठमाडौंमा रहेको काडमाडौं मेडिकल कलेजबाट सो सहुलियत छुट पाउने जानकारी दियो ।

Post Comments