News मनिसको आई-लिगको यात्रा, अनि नेपाली फुटबललाई हेर्ने उनको नजर
राजकुमार श्रेष्ठ

नेपाली फुटबल जगतमा विदेशी भुमिमा गएर कोचको रुपमा सफलता पाउने व्यक्ति सायद कमै होलान । केही महिना अघि सम्पन्न भएको आई-लिग (I-League) २०२१/२२ मा गोकुलम केरला फुटबल क्लब च्याम्पियन हुँदा मनिस तिम्सिनाको नाम पनि जोडिन्छ । मनिसले आफुलाई मात्र चिनाएन उनले नेपाललाई पनि चिनाउनेमा ठूलो भुमिका खेलेका छन ।

नेपालको पुर्वी क्षेत्र भन्नू बित्तिकै एक उर्वरा भुमिको रुपमा चिन्न सकिन्छ । त्यही भएर त यहाँ देशको नामलाई चिनाउने व्यक्तिहरुको जन्म बेलाबेलामा हुने गरेको छ । मनिस तिम्सिना पनि एक यस्ता व्यक्ति हुन, जो आफ्नो कामले देशलाई पनि चिनाएका छ्न ।

पुर्वी नेपालको सुन्दर शहर मोरङ जिल्लाको त्यतिखेर विराटनगर उपमहानगरपालिका वडा न १४ र हाल विराटनगर महानगरपालिका वडा न ९ मा वि.स. २०४५-०३-०६ गते स्वर्गीय बुबा गणेश बहादुर तिम्सिना र आमा गौरी तिम्सिनाको कोखबाट कान्छा सन्तानको रुपमा मनिस तिम्सिनाको जन्म भएको थियो । पाँच सन्तानमा मनिसका चार दिदि छन भने उनी मात्र एक छोराको रुपमा जन्म लिएका थिए ।

सानोमा अलि गम्भीर, कसैसँग नबोल्ने र लजालु स्वभावका मनिसको बाल्यकाल विराटनगरमै बित्यो । सानै उमेर देखि नै पढाइ भन्दा बढी खेल्न मन पराउने मनिसको पढाई सामान्य रहेको बताउछन । सामान्य परिवारमा हुर्केका उनी खेल्ने र पढने उमेरमै उनले १४ वर्षमा आफ्नो बुबा गुमाउन पुगेका थिए । पढाईलाई निरन्तर दिने क्रममा वि.स. २०६१ सालमा श्री सरस्वती उच्च मा. वि. बाट एस.एल.सी पास गरेका थिए भने +२ विराटनगरकै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट पास गरेका हुन । +२ पछि पनि उनले अहिले पुर्वाञ्चल विश्वविद्यालयमा स्नातकोत्तर बि. एड. को चौथो वर्षको परीक्षा दिएर बसेका छन ।

विद्यालय स्तरबाट फुटबल खेल्दै आएका मनिसले कक्षा ९ मा पढ्दै गर्दा वि. स. २०६० सालमा पहिलो पटक सहिद स्मारक सी डिभिजन लिग सामाजिक युथ क्लबबाट गोलकिपरको भुमिकामा खेलेका उनले आफ्नो फुटबल यात्रा अगाडि बढाउने क्रममा २०६२ सालमा पुलचोक स्पोर्ट्स क्लबबाट बी डिभिजन खेलेका थिए । यसरी खेल्ने क्रममा उनले हिमालय शेर्पा क्लबलाई बी डिभिजन बाट ए डिभिजनमा पुर्याउनमा उनको पनि भुमिका रहेको थियो । आफ्नो खेलाडी जीवनलाई लामो समय बिताउन नपाए पनि उनले न्यु रोड टिम (NRT), ब्रीगेड ब्वाइज क्बल (BBC) बाट पनि खेलेका थिए । खेल्नै शिलसिलामै भारतका ३ वटा लिग पनि खेल्न पाएका थिए ।

मनिसले लामो समय खेल्न नपाए पनि विराटनगरकै दिल्ली पब्लिक स्कुलमा आठ वर्ष कोचको रुपमा काम गरेका थिए । मनिसले सन २०१५ मा एएफसी सी कोचको लाइसेन्स लिएका थिए । त्यसै वर्ष उनले रेडबुल राष्ट्रिय लिगमा मोरङ फुटबल क्लबबाट सहायक प्रशिक्षक रुपमा काम गरेको कुरा मुसुक्क हासेर बताए । आफ्नो कोचको करियरलाई अगाडी बढाउने क्रममा उनले सातौं राष्ट्रिय लिगआ मोरङको महिला टिमको हेड कोचको रुपमा मोरङलाई पुर्वाञ्चल च्याम्पियन बनाएउन
सफल भए ।

यसरी नै उनले सन २०१८ को साफमा गोलकिपर कोचको रुपमा नेपालको यु-१५ टिममा काम गरेका थिए । त्यसपछी उनले सुनसरीको धरानमा रहेको एन्फा एकेडेमीमा पनि गोलकिपर कोचको रुपमा २ वर्ष काम गरेका थिए । साथै मनिसले कर्णाली प्रदेशमा १८ महिना ग्रासरुट हेड भएर काम गर्ने मौका समेत पाएका थिए ।

यसै क्रममा मनिसले २०७३ सालमा शोभा पौडेल तिम्सिनासँग वैवाहिक जीवनमा बाधिंएका थिए । उनका ३ वर्षका छोरी श्रीमाँ तिम्सिना छन । अहिले उनको घरमा आमा, श्रीमती र छोरी विराटनगरमै बसोबास गर्दै आएका छन । आफ्नो परिवार हाल सुखमय रुपमा बितिरहेको समेत बताउँछन् मनिस ।

उनले लकडाउनको समयमा अनलाइनमा हुने विभिन्न कोचिङ्ग कोर्समा आफ्नै खर्चमा कोर्स लिने क्रममा उनको भेट इटालीका अलबोटो संग भएको थियो । मनिसको काम गर्ने शैली मन पराएका अलबोटोले गर्दा नै भारतको आई-लिग गोकुलम केरला फुटबल टिममा गोलकिपर कोचको रुपमा काम मात्र नभैइ काम गरेको पहिलो सिजननै भारतको प्रतिष्ठित फुटबल लिग हिरो आई लिग २०२१/०२२  उपाधी गोकुलम केरला फुटबल टिमले जितेको हो। जसमा उनी बिदेशी क्लबको प्रशिक्षक बनेर
उपाधी जित्ने पहिलो नेपाली प्रशिक्षक समेत बनेका छन् ।

'मलाई अचम्म लागेर आउँछ यो आर्टिकल लेखिरदा खेरी, चाहे कुनै क्षेत्रको नेपालीले विदेशी भुमिमा पाएको सफलताले उसको व्यक्तिगत सफलता मात्र नभएर एउटा देशको नामलाई चिनाउनमा ठूलो भुमिका निर्भाह गर्दछ । त्यस्ता व्यक्तिलाई न त राज्यले ख्याल गर्छ, न त त्यस क्षेत्रसंग सम्बन्धित संस्थाहरुले नै, न त स्थानीय सरकारले नै ? देशको नामलाई चिनाउने यस्ता व्यक्तिहरुलाई उचित स्थान दिएर त्यस क्षेत्रमा काम लगाउनुको साटो उल्टै एकले अर्कालाई दोष दिदै बस्दछन । अनि काहाँबाट मिल्छ त सफलता ।'

मनिस भन्छन, 'म मेरो कामबाट सधै देशलाई चिनाउने गर्छु, चाहे मलाई राज्यले हेरोस या नहेरोस म आफ्नो प्रशिक्षकको कामबाट आउदा दिनहरुमा पनि देशको नामलाई र नेपालको फुटबललाई पनि चिनाउने काम गर्छु ।' मनिसले सन २०२१ मा AFC `ए´ लाइसेन्स पास गरे भने २०२१ मै फेरि AFC गोलकिपिङ्ग लेभल `बी´ पास गरेका छन ।

आफु खेलाडी हुँदा र अहिले प्रशिक्षक हुँदा निकै भिन्न रहेको अनुभव सुनाउँछन् तिम्सिना । ‘खुकुरीलाई के थाहा अचानोको चोट भने झै खुकुरीले केवल काट्ने मात्र काम गर्छ भने अचानोले सबै चोट सहेर बस्छ ।’ ठीक त्यस्तै खेलाडीलाई राम्रो खेल्नु र टिमलाई जिताउनु पर्ने दबाब हुन्छ भने प्रशिक्षकलाई यी सबै कुराको समाधान गर्नुपर्छ ।

नेपालको फुटबल र भारतको फुटबलमा निकै भिन्न रहेको बताउछन तिम्सिना । नेपाली फुटबलमा लगानी कम, नेपालका क्लबमा सुरुमा प्रशिक्षक भन्दा खेलाडीहरु क्लबमा भित्रिनु, घरेलु लिग ३ महिना मात्र हुनु र ग्रासरुट लेभलमा कुनै राम्रो योजना नहुनाले पनि अझै नेपाली फुटबल माथी उठन सकेको छैन । जस फलस्वरूप खेलाडीहरु देश छाडेर उज्ज्वल भविष्यको लागि अहिले पनि विदेशीदैछ । खैइ त संबंधित निकाए एन्फाले ध्यान देको ?

मनिस निकै निराश हुँदै भन्छन, 'नेपाली फुटबल टिममा ३,४ जना प्रशिक्षकहरु मात्र हाबी भएको छ । त्यही प्रशिक्षक कहिले पुरुष टिममा, कहिले महिला टिममा हुँदाहुदै युथ लेभलको टिममा पनि तिनै प्रशिक्षक देखिएको पाईन्छ । के नेपालमा अरु प्रशिक्षकहरु सक्षम छैनन ? किन त्यही प्रशिक्षकहरु मात्र एन्फाको नजरमा पर्छ ? किन लिगमा राम्रो प्रदर्शन गरेको प्रशिक्षकले टिम हेर्न पाउदैन ?'

अझै पनि एन्फाले सिफारिसकै आधारमा काम गरिरहेको छ । तिम्सिना भन्छन, 'त्यो व्यक्तिले गरेको कामको मुल्यांकन र क्षमता आधारमा सहि व्यक्तिलाई सहि ठाउमा ल्याउन सकेको खण्डमा नेपाली फुटबल केही उचाई लिनेमा ढुक्क देखिन्थे ।'

कुराकानी गर्ने क्रममा मनिस फेरि पनि आई-लिग मै कुनै एक क्लबमा गोलकिपर प्रशिक्षक रुपमा काम गर्ने लगभग पक्कापक्की भएको बताउछ्न । उनी यहि अगस्टको पहिलो साता प्रशिक्षणमा सामेल हुने छन । यो सिजन पनि आई-लिगमा काम गरेर अझै भारतको फुटबल लाई गहिरो रुपमा बुझ्ने उनको लक्ष्य छ ।

Post Comments