News भदौ अन्तिम सातादेखि चितवन गोल्डकप, विजेतालाई ७ लाख
सुरज राना मगर

चितवन । मोफसल हुँदै राष्ट्रिय फुटबलमा आफ्नो पहिचान बनाईसकेको भरतपुर फुटबल क्लब, चितवनले आउँदो भदौ २५ गतेदेखि असोज ३ गतेसम्म प्रथम चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

चितवन स्थित क्याम्पा चौरमा हुने दश दिने प्रतियोगितामा चार ए डिभिजन क्लब, चार मोफसलका क्लब तथा दुई विदेशी क्लब गरी कुल १० टोलीहरुले सहभागिता रहने प्रतियोगिता संयोजक ध्रुव भुसालले बताए । उनले प्रतियोगिता समग्र चितवन कै प्रतिष्ठाका रुपमा रहेकाले भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी पनि शुरु गरिएको बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार पाउने पनि संयोजक भुसालले जानकारी दिए । त्यस्तै भुसालका अनुसार प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताए ।

 

 

Post Comments