
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि आयोजकले फोनिज, गण्डकी प्रदेशले नै जितेको छ ।
पुरुष तथा महिला मैत्रीपूर्ण फुटसलमा फोनिज गण्डकीको दुवै टिम विजयी भएको हो । पुरुष टिममा फोनिज गण्डकीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टिमलाई टाइब्रेकरमा ५–४ गोल अन्तर पराजित गर्यो ।
त्यस्तै महिलातर्फ फोनिज गण्डकीको टिमले पनि कास्कीका महिला पत्रकारको टिमलाई टाइब्रेकरमै ४–३ गोल अन्तर हराएको खेल संयोजक सुशान्त गाहा मगरले जानकारी दिए ।
बिजेता फोनिज गण्डकीको टिमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता टिमले मेडल र प्रमाणपत्र पाए । विजेता तथा उपविजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव तेजबहादुर गुरुङ लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड