काठमाडौं । नेपाली मूलका अमेरिकी फुटबल प्रशिक्षक प्रदिप हुमागाईले फिफा इन्टरनेशनल विन्डो अन्तरगत बंगलादेश विरुद्ध हुने खेलमा नेपालको प्रशिक्षक जिम्मेवारी सम्हाल्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का एक कार्यसमिति सदस्यले गोलनेपालसँग हुमागाईको नियुक्तिबारे पुष्टी गरेका हुन् । स्मरण रहोस, नेपालले आगामी असोज ११ गतेका दिन काठमाडौंमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तय भएको छ ।
उता नेपाली फुटबलसँग परिचित प्रशिक्षक हुमागाईंले यसअघि नेपालको चर्चित र सफल क्लब मध्ये एक थ्रीस्टार क्लबको जिम्मेवारी सम्हालिसकेका छन् । साथै गत संस्करणको नेपाल सुपर लिग (एनएसएल) तर्फ उनले ललितपुर सिटी फुटबल क्लबको जिम्मेवारी समेत सम्हालेका थिए ।
अल्मुतारीलाई झट्का
त्यस्तै सम्झौता अनुसारको कुरा गर्ने हो भने नेपालको मूख्य प्रशिक्षकमा अब्दुला अल्मुताइरी कायम छन् । यद्यपि उनी हाल कुवेत मै छन् । एन्फाको यो निर्णयले अब्दुलालाई पक्कै पनि केही झट्का लाग्ने देखिएको छ ।
हुन त, बन्द प्रशिक्षणबाट निकालिएका खेलाडी र प्रशिक्षकबीचको विवाद सुल्झाउन गठित छानबिन समितिले बुझाएको प्रतिवेदनमा पनि मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीको विकल्प खोज्न सुझाएको थियो ।
तर यसबारे एन्फाले अहिलेसम्म ठोस निर्णय भने गर्न सकेको छैन ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान