काठमाडौं । यस सिजन इण्डोनेसियन शिर्ष लिगमा पेर्सिक केडिरीमा आवद्ध भएका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दको नयाँ सिजनको यात्रा सुखद भने बन्न सकेको छैन ।
उनको टोली केडिरीले यस सिजन लिगमा हालसम्म खेलेको चार मध्ये १ मा बराबरी र तीन खेलमा हार बेहोरेका छन् । गत शनिबार मदुरा युनाइटेडसँग १–० ले पराजित केडिरीले शुक्रबार लगातार दोस्रो हारको सामना गरेको छ ।
लगातार दोस्रो हार बेहोर्ने क्रममा केडिरीले बोर्नियोसँग २–१ ले निराश बन्न पुग्यो । खेलमा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा केडिरी पराजित हुन पुग्यो ।
खेलको ६४औं मिनटमा युसुफ मिलानाको गोलबाट केडिरीले खेलमा अग्रता बनाएको थियो । तर बोर्नियोका लागि ६६ र ७७औं मिनटमा म्याथ्युज पाटोले लगातार दुई गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।
यो नतिजापछि ४ खेलबाट १ अंक मात्र जोडेको केडिरी लिगतालिकाको १६औं स्थानमा संघर्षरत छ । उता बोर्नियो भने ९ अंकका साथ दोस्रो स्थानमा छ । केडिरीले आफ्नो आगामी खेल बिहीबार पिएसआइएस सेमाराङसँग खेल्नेछ ।
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने