News मिक्लाजुङ सेमिफाइनलमा पुग्दा कुम्मायक फाइनलमा
गोलनेपाल

कुम्मायक गाउँपालिका यहाँ जारी तेस्रो कुम्मायक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

स्थानीय पृथ्वी माविको खेलमैदान आयोजित अन्तिम सेमिफाइनल खेलमा फालेलुङ गाउँपालिकालाई ६–० गोलको वर्षासँगै कुम्मायक गाउँपालिकाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।कुम्मायाक फाइनलमा प्रवेश गर्दा यसअघि आयोजित अन्तिम क्वाटरफाइनल खेलमा मिक्लाजुङले जीत दर्ता गर्दै अन्तिम सेमिफाइनल खेलको यात्रा तय गर्यो ।

स्पर्धी फाल्गुनन्द गाउँपालिकालाई ३–१ गोलअन्तरमा पराजित गर्दै मिक्लाजुङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।मिक्लाजुङले १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै जीत दर्ता गरेको हो । खेलको १७औँ मिनेटमा फाल्गुनन्दका कप्तान अरुण श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए ।तर, खेललाई बराबरी गर्ने क्रममा मिक्लाजुङका सनिल राईले ३१औँ मिनेटमा गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा पारुलेन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए ।त्यस्तै दोस्रो हाफको ३३औँ मिनेटमा मिक्लाजुङै घनेन्द्र आङ्देम्बेले गोल गरे भने खेलको इन्जुरी समयमा विवेक मगरले थप गोल गर्दै ४–१ गोलको फराकिलो अन्तरबाट टिमलाई सेमिफाइनलमा पुराए । खेलको म्यान अफ दी म्याच पारुलेन राई घोषित भइ नगद ३ हजार पाए ।

दोस्रो खेलमा आयोजक कुम्मायाक गाउँपालिकाका लागि कप्तान दिनेश शेर्माले खेलको ६ र दोस्रो हाफको १४औँ मिनेटमा व्यक्तिगत दुई गोल गर्दा अभिषेक लिम्बूले पनि दोस्रो हाफको १४ र २९औँ मिनेटमा व्यक्तिगत २ गोल गरेका थिए । यो खेलमा एक मिनेटभित्र २ गोल भएको थियो ।थप गोल लोकेन्द्र थापाले दोस्रो हाफको ३१औँ र अन्तिम गोल ३८औँ मिनेटमा हेमन्त दर्नालले गरेका थिए । उनी म्यान अफ दी म्याच घोषितहुँदै नगद ३ हजार पाउन सफल भए ।

गोल्डकपको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित २ किलो चाँदीको ट्रफी पाउनेछ । उपविजेताले भने नगद ५५ हजार ५५५ सहित मेडल पाउनेछ । गोल्डकपको प्रवद्र्धक कुम्मायक गाउँपालिका रहेको छ ।

Post Comments