News आयोजक भ्याली स्पोर्टसलाई उपाधि
गोलनेपाल

पोखरा । तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक भ्याली स्पोर्ट्स क्लब (सेतो) ले जित्न सफल भएको छ ।

पोखरा–१५ कोलपाटन स्थित रेम्बो एकेडेमी होम्सको खेल मैदानमा भएको फाईनलमा एलजी एशोशियसनलाई २–० गोलले पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।

उपाधिसँगै भ्यालीले १ लाख ५० हजार नगद तथा मेडल, प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता एलजी एसोसिएसनले ७५ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो ।

भ्यालीको जितमा घनश्याम तामाङले खेलको तेस्रो मिनटमै पहिलो गरे । त्यस्तै दोस्रो गोल ३६औं मिनटमा अजय श्रेष्ठले गर्दै टोलीको उपाधि यात्रा सुनिश्चित गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भ्यालीका अजय श्रेष्ठ घोषित हुँदै नगद १२ हजार रुपैयाँ प्राप्त गरे भने आयोजककै सुनिल गोदामे सर्वाधिक गोलकर्ता बन्दै नगद ७ हजार रुपैयाँ प्राप्त गरे । उनले प्रतियोगिता अवधिभर कुल ९ गोल गरेका थिए ।

बिजेता तथा उपबिजेता टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा, कास्की जिल्ला फुटबल सँघ (एन्फा) अध्यक्ष मिलन गुरुङ, प्रयोजकहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

Post Comments