News अन्जिलालाई महिला फुटबल टोलीको कप्तानी
गोलनेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा राष्ट्रिय महिला फुटबल टोलीको कप्तानी पहिलो रोजाईकी नियमित गोलरक्षक अन्जिला तुम्बापो सुब्बाले गर्ने भएकी छिन् ।

नेपाली महिला फुटबल टोलीकी नियमित कप्तान रेनुका नगरकोटी काँधको चोटका कारण हाल मैदान बाहिर रहेपछि त्यो कप्तानी जिम्मेवारी अन्जिलाले पाएकी हुन् ।

स्मरण रहोस, मंगलबारदेखि काठमाडौंमा शुरु हुन गईरहेको महिला साफ च्याम्पियनसिपतर्फ नेपाल समूह बी मा परेको छ । नेपालले मंगलबार नै भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । समूह बी मा नेपाल र भुटानबाहेक श्रीलंका छन् ।

त्यस्तै समूह ए मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments