News बिजयको गोलसँगै ठमेल भेट्रान्स उपाधि नजिक
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । साँघुरो जितका साथ ठमेल चिया पब भेट्रान्स, काठमाडौं यहाँ जारी प्रथम नागस्वती भेट्रान्स कप रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनल भिडन्तमा ठमेल चिया पबले जोरपाटी भेट्रान्सलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो । खेलको २२औं मिनटमा बिजय गुरुङले गरेको एक मात्र गोल ठमेल चिया पबलाई फाइनल पुर्याउन प्रर्याप्त बन्यो । निर्णायक गोलकर्ता गुरुङ खेलको म्यान अफ द म्याच समेत चुनिए ।

त्यस्तै मंगलबार नै हुने भनिएको नागस्वती भेट्रान्स बि र बगरभाइ भेट्रान्स, पोखरा बीचको दोस्रो सेमिफाइनल खेल बर्षाका कारण स्थगित भएको आयोजकले जनाएको छ । साथै स्थगित भएको सो खेल बुधबार बिहान ७ बजे खेलाइने आयोजक क्लबका अध्यक्ष सोम बहादुर तितुङ्ले बताए ।

Post Comments