News महिला साफमा बंगलादेशको पनि विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । यहाँ जारी महिला साफ च्याम्पियनसिपतर्फ समूह ए मा रहेको बंगलादेशले पनि उत्कृष्ट जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ । बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा बंगलादेशले माल्दिभ्समाथि ३–० को जित निकाल्यो ।

दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा बंगलादेशले तीनै गोल पहिलो हाफाम गरेको थियो । बंगलादेशका लागि सबिना खातुनले दुई गोल गरिन् । उनले खेलको २३ र ४०औं मिनटमा दुई गोल गरिन् । त्यस्तै थप एक गोल भने ३४औं मिनटमा मसुरा प्रविनले गरेकी थिईन् ।

समूह चरणतर्फ आफ्नो आगामी खेलमा बंगलादेशले शनिबार पाकिस्तानको सामना गर्दा सोही दिन माल्दिभ्सले बलिया े भारतसँग खेल्नेछ । स्मरण रहोस, बुधबार नै सम्पन्न समूह ए तर्फको पहिलो खेलमा भारतले पाकिस्तानमाथि समान ३–० को जित निकालेको थियो ।

Post Comments