News नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । नेपाल यु–१७ फुटबल टोली श्रीलंकामा जारी साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न समूह बी तर्फको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई २–१ ले हराएसँगै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।

यो जितपछि समूह बी मा नेपाल र भारतको समान ३–३ अंक छ । भुटानले भने पहिलो खेलमा भारतसँग ३–० को हार बेहोरेको थियो । यो हारसँगै भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अब समूह बी तर्फको अन्तिम खेलमा शुक्रबार नेपाल र भारत आमने सामने हुनेछन् । सो खेलको नतिजाले समूह बी को समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

Post Comments